PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

मानबहादुरको मृत्युसँगै खुलेको राज : 'ड्रग्स डिल'ले लियो ज्यान



पहिलोपोस्ट

मानबहादुरको मृत्युसँगै खुलेको राज : 'ड्रग्स डिल'ले लियो ज्यान

काठमाडौं : देशभर दैनिक औशत दुई जनाको हत्या हुने गरेको छ। त्यही दुई जनाको सूचीमा फागुन १६ गते मानबहादुर रावत पनि अटाएका छन्। जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ७ घर भएर हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा बस्दै आएका रावतको १६ गते हत्या भयो। हत्या भएको केही समयपछि मात्र उनको शव भेटिएको थियो।

फागुन १७ गते बिहान बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ स्थित दुलाल गाउँ, हालको श्रीनगर टोलमा उनको शव भेटिएको थियो। शव भेटिएपछि केही समयसम्म उनको सनाखत हुन सकेन। प्रहरीले उनको सनाखत भएपछि थप अनुसन्धान अगाडि बढ्ने देख्यो। जयकैरा रावलले आफ्नो श्रीमान हराएको भन्दै खोजी गरिरहेको अवस्थामा प्रहरीले फेला पार्‍यो शव। बुढानीलकण्ठ प्रहरीमा उनी हराएको उजुरी परेको थियो। प्रहरीले शव भेटिएको स्थानमा खिचिएको फोटो देखायो। त्यसपछि श्रीमतीले शव आफ्नो श्रीमान् मानबहादुरको भएको पुष्टि गरिन्।

घटनास्थलको प्रकृति र शरिरको चोटले हत्या गरेको संकेत गरेको थियो। त्यसपछि प्रहरीले अनुसन्धान हत्यातिर मोडियो। प्रहरीको अनुसन्धानमा उनलाई अन्तिम पटक भेट गर्ने मानिस पहिचान भयो।

'हत्या भएको देखिएपछि अन्तिम पटक कसलाई भेटेको भन्ने खोज्यौं। उनीसँग अन्तिम पटक भेटेको मानिस कसैले यो हो भन्यो। त्यसबाट अनुसन्धानको लिड मिल्यो,' अनुसन्धानमा खटिएका एक प्रहरीले भने। १६ गते राति मानबहादुर एक खाजा घरबाट निस्किएपछि  याकुव चौधरीसँग भेट भएको थियो। उनीहरु भेट भएको स्थान केही एकान्त थियो। त्यही भेट विवादमा परिणत हुँदा हत्या समेत भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।

किन भयो हत्या?

मानबहादुर याकुब चौधरीको पहिलदेखि नै चिनजान थियो। एक हप्ता अगाडिमात्र लागु औषध (एम्पुलहरु) खरिद गर्न मानबहादुरलाई याकुबले पैतीस हजार रुपैयाँ दिएका थिए। मानबहादुर रावतले लागु औषध (एम्पुलहरु) नल्याई तर्किएर हिँडेका थिए। सोही रात उनीहरुको जम्काभेट भएको थियो।

लागु औषधको विषयमा दुवैबिच भनाभन भई हात हालाहाल सुरु भयो। त्यही क्रममा चौधरीले मानबहादुर रावतको मुखमा मुक्का प्रहार गरेको प्रहरीमा बयान दिएका छन्। मानबहादुर रावतले ढुङ्गा टिपेर हान्न खोज्दा अर्का एकजना नाबालक परिवर्तित नाम ‘महाराजगञ्ज ३१९’ ले बाटोको छेउमा रहेको मोटो बाँसले मानबहादुर रावतको टाउकोमा प्रहार गरेका थिए। त्यसपछि जमिनमा लडाई पुनः टाउकोमा हानी घाइते बनाएर दुवैजना भागेका थिए। 

बुढानीलकण्ठ नगरपालिका वडा नम्बरर ५ स्थायी घर भएका २३ वर्षीय याकुब चौधरी र सर्लाही जिल्ला बरहथवा - ८ स्थायी भएका घर भएका १६ वर्षीय ‘महाराजगंज ३१९’ लाई प्रहरीले नियन्त्रणमा लिएको छ। कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell