PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

प्रदेश नं १ को नाम 'कोशी' राख्न केपी ओलीको सुझाव



पहिलोपोस्ट

प्रदेश नं १ को नाम 'कोशी' राख्न केपी ओलीको सुझाव

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम ‘कोशी’ राख्दा उपयुक्त हुने सुझाव दिएका छन्। आज विर्तामोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोशी नदीको उत्पत्ति भएका भन्दै प्रदेश नं १ को नाम ‘कोशी प्रदेश’ राख्दा उपयुक्त हुने बताएका हुन्।

‘कोशीले पुरानो सभ्यता र परम्परा बोकेका छ। यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन्,’ओलीले भने, ‘जातजातिपछि आएका हुन्। जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ। त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोशी गर्दा हुन्छ।’

संघीयता घोषणा पछि सातवटा प्रदेश मध्ये प्रदेश नम्बर १ को मात्रै नामाकरण भएको छैन। प्रदेशमा तीनवटा सरकार फेरिँदा पनि प्रदेशको नामाकरण गर्न नसकेकोमा नेतृत्वको आलोचना हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell