PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कांग्रेसका स्वर्गीय नेतालाई जुम्लाका यमराजको पत्र, अहिलेको नेतृत्वमाथि चाहिँ ब्यङ्ग्य



पहिलोपोस्ट

कांग्रेसका स्वर्गीय नेतालाई जुम्लाका यमराजको पत्र, अहिलेको नेतृत्वमाथि चाहिँ ब्यङ्ग्य

खै कसले पो हो इशारा गरेको?

राजनीतिमा अदालतको साइत जुरेको छ

जताततै कुराको चुरै नबुझी

एमसीसीको लफडा फुरेको छ

देश अरुले नै चलाएजस्तो लाग्छ

देशलाई अरुले नै गलाए जस्तो लाग्छ

स्वभिमानको सगरमाथा पनि झुकेजस्तो लाग्छ

नेताहरुको भाषण सुन्दा भुकेजस्तो लाग्छ

प्रज्ञा प्रतिष्ठानमा जारी नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशन उद्घाटन सत्रमा जुम्लाका कवि यमराज कार्कीले पछिल्लो राजनीतिक गतिविधिमाथि चोटिलो व्यङ्ग्य कविता प्रस्तुत गरे। कांग्रेसमा देखिएको गुटगत किचलो र कार्यकर्ताप्रति गरिएको उपेक्षाबारे उनले कविता प्रस्तुत गर्दा महाधिवेशनमा सहभागीहरुले परर ताली बजाएका थिए।

'स्वर्गमा रहेका नेताजीहरुलाई पत्र' शीर्षकमा प्रस्तुत उनको कवितामा कांग्रेसको महाधिवेशनपछि गुटगत राजनीति मौलाएको प्रति प्रहार समेत गरे।

'अहिले हामी सम्मानित नेता शेरबहादुर दाइको भर परेका छौं

गुट उपगुटको मारले गाउँ नै थला परेका छौं

यहाँ यस्तै यस्तै छ नेताज्यूहरु

बरु त्यताको खबर कस्तो छ?

पठाउँदै गर्नुहोला

बीपीजी, यहाँले भने जस्तै

यहाँहरुले लेखेजस्तै

कुनै दिन नवधनाढ्य र पुँजीपतिहरु

पार्टीमा उदाएका अधिपतिहरु

पार्टीलाई कब्जा गर्नेछन्

पार्टीलाई धुजाधुजा पार्नेछन्

भन्ने कुरा प्रमाणित भएको छ

विचरा निष्ठावान कांग्रेस मुग्लान झरेको छ

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भए पनि कार्कीले कविता प्रस्तुत गर्नुपूर्व नै कार्यक्रमस्थलबाट बाहिरिएका थिए। कविता मार्फत् नै उनले पार्टीको सिद्धान्त मरेकोले गुट हुनेहरुबाटै लुट चलेको आरोपसमेत लगाए।

बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई लेखिएको काव्यात्मक पत्र उनले कांग्रेस केन्द्रीय कार्यसमितिलाई समेत बोधार्थ उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell