A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a75396dc45322.62750747): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a75396dc45322.62750747,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

वेस्टहममाथि लिभरपुलको जित, बर्नलीलाई चेल्सीले सहजै हरायो
PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

वेस्टहममाथि लिभरपुलको जित, बर्नलीलाई चेल्सीले सहजै हरायो



पहिलोपोस्ट

वेस्टहममाथि लिभरपुलको जित, बर्नलीलाई चेल्सीले सहजै हरायो
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले वेस्टहममाथि साँघुरो जित निकालेको छ। एनफिल्ड मैदानमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले वेस्टहममाथि १-० गोलअन्तरले संघर्षपूर्ण जित निकालेको हो।

बल पोजिसन राम्रो बनाएको लिभरपुलको फिनिसिङ कमजोर रह्यो। घरेलु टोलीको जितमा साडियो मानेले निर्णायक गोल गरे। उनले खेलको २७ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गरेका थिए।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा चेल्सीले बर्नलीमाथि फराकिलो जित निकाल्यो। टर्फ मोरमा सम्पन्न खेलमा घरेलु टोलीमाथि चेल्सीले ४-० गोलअन्तरको जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ४७ औं मिनेटमा गोल गर्दै रीस जेम्सले चेल्सीलाई अग्रता दिलाए। त्यस्तै त्यस्तै ५२ र ५४ औं मिनेटमा काइ हार्भटेजले गोल गर्दा ६९ औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल थपे। र, चेल्सीले ४-० को सहज जित निकाल्यो।

गएरातिको जितसँगै लिभरपुल शीर्षस्थानको म्यानचेस्टर सिटी भन्दा ३ अंकले मात्र पछि रहेको छ। २७ खेलबाट सिटीले ६६ अंक जोड्दा समान खेलबाट लिभरपुलले ६३ अंक जोडेको छ। त्यस्तै ५३ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ। लिभरपुलसँगको पराजयसँगै वेस्टहमलले शीर्ष चारमा उक्लने अवसर गुमायो। वेस्टहम २८ खेलबाट ४५ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell