PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

माओवादी केन्द्रीय कमिटी बैठक आज पनि



पहिलोपोस्ट

माओवादी केन्द्रीय कमिटी बैठक आज पनि
शुक्रबारको बैठक

काठमाडौं :  माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डा छन्।

बैठक शुक्रबारदेखि सुरु भएको हो। शुक्रबारको बैठकमा श्रद्धाञ्जली, अध्यक्षको प्रचण्डको रिपोर्टिङ, पदाधिकारी चयन, केन्द्रीय सदस्यको कार्य विभाजन, स्थानीय तहको निर्वाचन र विविध गरी ६ प्रस्ताव पेस गरिएको थियो। आजको बैठकमा नारायणकाजी श्रेष्ठ पक्षका लीलामणि पोखरेल र गिरिराजमणि पोखरेलले आफ्नो मत राख्ने बताइएको छ।

शुक्रबारको बैठकमा एमसीसीसँगको सम्झौता अनुमोदनबारे पक्ष विपक्षमा नेताहरूले तर्क प्रस्तुत गरेका थिए। अध्यक्ष प्रचण्डले एमसीसी पास गर्नुको कारण सुनाएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell