PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

युद्धग्रस्त इरपिन शहरको दृश्य : जल्दै गरेको घर छाड्दै भत्किएका पुल तर्दै सुरक्षित गन्तव्यको खोजी

युद्धग्रस्त इरपिन शहरको दृश्य : जल्दै गरेको घर छाड्दै भत्किएका पुल तर्दै सुरक्षित गन्तव्यको खोजी

पहिलोपोस्ट /पहिलोपोस्ट


रसिया र युक्रेनबिच युद्ध सुरु भएके ११ दिन पुगेको छ। यसक्रममा दुवै तर्फबाट सयौं मानिसको ज्यान गएको दाबी गरिएको छ। ११ दिनमा लाखौं १२ लाख भन्दा बढीले युक्रेन छाडिसकेका छन्। युक्रेनका कयौं शहरमा अझै युद्ध जारी रहँदा देश छाड्नेको संख्या बढ्दो छ।

यसबिच रसियाको रक्षा मन्त्रालयले शनिवार युक्रेनका दुई शहरमा अस्थायी युद्ध विरामको घोषणा गरेको थियो। मरिओपो र भोल्नोभाखामा मानवीय सहयोगद्वार खुल्ला हुने गरी युद्ध विराम घोषणा गरिएको थियो।

राजधानी कीभको उत्तरपूर्वी क्षेत्रमा रहेको इरपिन शहर युद्धका कारण ध्वस्त बनेको छ। अहिले मानिसहरु उक्त शहर छाडेर अन्यत्र पलायन हुँदैछन्। त्यहाँका घरहरु जलेका छन्। ठूला भवनहरु नष्ट भएका छन्। हिँडेरै भत्किएका सडक र पुल हुँदै उनीहरु यात्रा गर्न बाध्य छन्। एकहप्ता देखि यो शहरमा युक्रेनी र रसियाली सेनाहरुबिच भिषण युद्ध हुँदै आएको थियो।

युक्रेनबाट पलायन हुनेहरु धेरैजसो पोल्यान्ड पुगेका छन्। यस्तै, हंगेरी, माल्डोभा, स्लोभाकिया, रोमानियामा पनि धेरै संख्यामा मानिसहरु शरण लिन पुगेका छन्। युद्धका कारण ४० लाखले युक्रेन छाड्ने सक्ने अनुमान गरिएको छ।

बीबीसीमा प्रकाशित गेट्टी इमेजेसका फोटो पत्रकारहरुले कैद गरेको युद्धग्रस्त इरपिन शहरको दृश्य :

 

 



ट्रेन्डिङ पोस्ट

Ncell