PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

जब ब्याटम्यानको भेषमा सिनेमा घरमा देखापरे सजल लोप्चन ...

जब ब्याटम्यानको भेषमा सिनेमा घरमा देखापरे सजल लोप्चन ...

प्रवीण रानाभाट/पहिलोपोस्ट


शनिवार ललिपुरमा रहेको लबिम मलस्थित क्युएफएक्स हलमा फरक दृश्य देखियो। हलमा हलिउड फिल्म 'ब्याटम्यान' प्रदर्शन भइरहेको थियो। सुपरहिरो फिल्म हेर्न बच्चादेखि युवाहरुको क्रेज देखिन्थ्यो। फिल्मको मध्यानतर हुँदा हलमा  'ब्याटम्यान' को भेषमा एक व्यक्तिको प्रवेश भयो। अनि हलमा छुटै माहोल बन्यो। दर्शकहरुको हुटिङ सुरू भयो। उनीहरु 'ब्याटम्यान' झै देखिने सुपरहिरोसँग झुम्मिन थाले। फोटोहरू खिच्न थाले।

ब्याटम्यानको भेषमा लबिममा देखिएका थिए सजल लोप्चन। क्युएफएक्सले फिल्मको प्रचारप्रसारका लागि उनलाई ब्याटम्यानको कस्ट्युममा सिनेमा घरमा प्रस्तुती दिन लगाएका थिए।

गत शुक्रवारदेखि रिलिज भएको फिल्म 'द ब्याटम्यान' एप्पल इन्टरटेनमेन्टले नेपाल ल्याएको हो। मल्टिप्लेक्स चेन क्यूएफएक्सले 'ब्याटम्यान' को लागि नयाँ प्रचार शैली अपनाएको हो। लबिममा मात्रै नभएर अन्य हलहरुमा पनि फरक फरक तरिकाले 'ब्याटम्यान' को प्रचार गरिरहेको क्युएफएक्सका आदर्श सिग्देलले बताए।

'क्युएफएक्सका सबै हलहरुमा फरक फरक तरिकाले ब्याटम्यानको प्रचार गरिएको छ। बुटवलको हलमा प्रिमियर शो गरिएको थियो। त्यसैगरि छाया सेन्टरमा पनि स्टिकरहरु राखिएको छ,' उनले भने, 'ठुलो फिल्महरु रिलिज हुँदा धेरै दर्शकहरु आउँन भन्ने चाहना हुन्छ। जसकारण ब्याटम्यानको प्रचारमा खर्च गरेका हौं। यसरी प्रचार गर्दा दर्शकहरुमा फिल्मको भाइभ आउँछ। दर्शकहरुलाई हलसम्म तान्न सकिन्छ।'



ट्रेन्डिङ पोस्ट

Ncell