A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6999004f346ca7.37661116): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6999004f346ca7.37661116,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी तीव्र
PahiloPost

Feb 21, 2026 | ९ फागुन २०८२

जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी तीव्र



रासस

जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी तीव्र
दौडको अभ्यासमा अल्ट्रा रेसका खेलाडीहरु। फाइल फोटो

खलङ्गा: कर्णाली खेलकुद क्लब जुम्लाले जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८ को तयारी तीव्र पारिएको बताएको छ। आगामी चैत २६ गते आयोजना हुन लागेको म्याराथनको तीव्र तयारी भइरहेको हो।

जुम्ला सदरमुकाम खलङ्गादेखि मुगुको रारा तालसम्म ४९ किलोमिटर दुरीमा म्याराथन हुन लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताए। जुम्लादेखि मुगुको रारा ताल जाने पदमार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने हेतुले म्याराथन आयोजना हुन लागेको क्लबका अध्यक्ष शाहीले बताए। म्याराथनका लागि खेलाडी दर्ता खुला गरिएको छ।

तेस्रो पटक जुम्ला–रारा अल्ट्रा म्याराथन हुँदैछ। विसं २०७५ मा पहिलो म्याराथन आयोजना गरिएको थियो। विसं २०७६ मा दोस्रो संस्करणको म्याराथन आयोजना गरिएको थियो। कोरोनाका कारण २०७७ सालमा म्याराथन सञ्चालन हुन सकेन। एक वर्षको फरकमा जुम्ला–रारा अल्ट्रा म्याराथन हुन लागेको अध्यक्ष शाहीले बताए।

समुन्द्री सतहबाट दुई हजार ३०० मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलङ्गाबाट सुरु हुने म्याराथन तीन हजार ३०० मिटरको उचाइमा रहेको डाँफे लेक, चार हजार १०० मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८९० मिटरको उचाइमा रहेको राराताल छेउमा पुगिने भएको छ। जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुटमा व्यावसायिक खेलाडी पाँचदेखि सात घण्टामा पार गर्ने कीर्तिमानी धावक हरिबहादुर रोकायाले जानकारी दिए।

गत वर्षको म्याराथनमा महिला र पुरुष खेलाडी गरेर झण्डै ३५० सम्म सहभागिता जनाउँदै आएका थिए। यस पटक पनि खेलाडी सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। यस वर्ष म्याराथनमा बिजेता खेलाडीको पुरस्कार एक लाख रुपैयाँ भन्दा माथि हुने आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell