
काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सोमवारसम्मका लागि स्थगित भएको छ।
आइतवार विहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजे सम्मका लागि सारिएको थियो। तर, तयारी नपुगेको भन्दै बैठक फेरि स्थगित गरिएको हो।
'तयारी पुगेन त्यसैले फेरि स्थगित गरिएको हो,' माओवादी केन्द्रका एक नेताले बताए।
माओवादी केन्द्रमा महासचिव चयनका बिषयमा नेताहरुबिच रस्साकस्सि चलिरहेको छ। महासचिव छान्ने विषयमा छलफल भए पनि निर्णय हुन सकेको छैन। महाधिवेशन भएयता अध्यक्ष पदबाहेक माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन। महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल लगायतका नेताको दाबी छ।
मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारेमा नारायणकाजी श्रेष्ठ लगायत माओवादी केन्द्रका नेताहरुले केन्द्रीय कमिटीमा फरक मत राखेका छन्। अबको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा उठेका प्रश्नको जवाफ दिनेछन्।