PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

प्रधानन्यायाधीशविरुद्धको महाभियोगबारे छानबिन गर्न सिफारिस समिति गठन, समितिमा छन् यी सदस्य



पहिलोपोस्ट

प्रधानन्यायाधीशविरुद्धको महाभियोगबारे छानबिन गर्न सिफारिस समिति गठन, समितिमा छन् यी सदस्य

काठमाडौं : प्रतिनिधिसभामा महाभियोग प्रस्तावबारे सिफारिस समिति गठन गर्ने प्रस्ताव पारित भएको छ। सभामुख अग्नि सापकोटाले ११ सदस्यीय समिति गठन गर्ने प्रस्ताव बहुमतले पारित भएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोग प्रस्ताव अगाडि बढाउन दलहरुबिच सहमति जुटेपछि आज समिति गठन गर्ने प्रस्ताव पेश भएको हो।

समितिमा एकबाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्‍डित, विष्णु पौडेल र शिवमाया तुम्बाहाम्फे रहेका छन्।  

सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको कार्यव्यवस्था परामर्श समितिमा महाभियोग प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न ११ सदस्यीय सिफारिस समिति गठन गर्ने सहमति भएको थियो। 

प्रधानन्यायाधीश जबराको कार्यक्षमता र आचरणसम्बन्धी प्रश्न उठाएर यही फागुन १ गते उक्त प्रस्ताव दर्ता भएको थियो। प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६२ बमोजिम सो समिति गठनको गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell