PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

भद्रपुर रोडमा रहेको घरमा लागेको आगो नियन्त्रणमा



पहिलोपोस्ट

भद्रपुर रोडमा रहेको घरमा लागेको आगो नियन्त्रणमा
FILE PHOTO

झापा : बिर्तामोड नगरपालिका–४ स्थित भद्रपुर रोडमा आज दिउँसो आगलागी भएको छ।

बिर्तामोड–४ का रमानन्द साहको एकतले पक्की टिनले छाएको घरमा ग्यास लिक भई आगलागी भएको इलाका प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।

आगलागीबाट घरमा भएको सबै सामग्री जलेर नष्ट भएको छ। आगलागी भएको क्षतिको विवरण भने आउन बाँकी छ।

आगलागी नियन्त्रणमा बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका बारुणयन्त्र परिचालन गरिएको थियो। आगलागी सुरु भएको एक घण्टाभित्र पूर्णरुपमा नियन्त्रणमा आएको प्रमुख आचार्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell