PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

संसद चल्न नसकेको भन्दै माधव नेपालले भने : 'अर्ली इलेक्सन'को हल्ला स्वभाविक हो



पहिलोपोस्ट

संसद चल्न नसकेको भन्दै माधव नेपालले भने : 'अर्ली इलेक्सन'को हल्ला स्वभाविक हो

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद चल्न नसकेको भन्दै मध्यावधी निर्वाचनमा जान सकिने बताएका छन्। नेकपा एमालेले आफूले कारवाही गरेका नेपालसहितका १४ सांसदलाई हटाउनु पर्ने र सभामुख अग्नि सापकोटाको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आइरहेको छ।

आजको प्रतिनिधसभा बैठक पनि एमालेको अवरोध बिच चलेको थियो। त्यसैले उनले सदन चल्न अवस्था नभएको भन्दै मध्यावधी निर्वाचनको विकल्प पेश गरेका हुन्।

‘लामो समयदेखि सदन अवरुद्ध भइरहेको अवस्थामा अग्रिम निर्वाचनको हल्ला चल्नु स्वाभाविक हो,’ उनले भने।

सत्तारुढ गठबन्धनमा नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेकपा माओवादी ‘अर्ली इलेक्सन’ को पक्षमा छन्। एमालेले भने सत्तारुढ गठबन्धनले ‘अर्ली इलेक्सन’ को कुरा निकालेर वैशाख ३० गतेका लागि तय भएको स्थानीय निर्वाचन नगर्ने षड्यन्त्र भइरहेको आरोप लगाउँ आएको छ। नेपाली कांग्रेस भने ‘पर्ख र हेर’ को रणनीतिमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell