PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

संसद अवरुद्ध गर्दै आइरहेको एमालेले किन पठायो महाभियोग सिफारिस समितिमा सांसदको नाम ?



पहिलोपोस्ट

संसद अवरुद्ध गर्दै आइरहेको एमालेले किन पठायो महाभियोग सिफारिस समितिमा सांसदको नाम ?
FILE PHOTO

काठमाडौं : नेकपा एमालेले दुई अधिवेशनदेखि लगातार प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आइरहेको छ। आफूले कारवाही गरेका १४ सांसदलाई हटाउनुपर्ने र सभामुख अग्नि सापकोटाको राजीनामा माग्दै एमालेले बैठक अवरोध गर्दै आइरहेको हो।

आजको बैठक पनि एमालेले अवरोध गरेको थियो। अवरोधबिच एमाले सांसदसहितको ११ सदस्यीय महाभियोग सिफारिस समिति घोषणा गरिएको थियो। समितिमा उपाध्यक्ष विष्णु पौडेल, शिवमाया तुम्बाहाफ्मे, लालबाबु पण्डित र कृष्णभक्त पोखरेलको नाम एमालेले पठाएको छ। एमालेले सांसदको नाम पठाएसँगै सकरारले भने सदन संचालनमा आशावादी भएको जनाएको छ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफ्नो पार्टी संसदीय विधि र प्रक्रियामा विश्वास गर्ने भएकाले महाभियोगको प्रक्रियालाई ठीक ढङ्गले निकास दिन महाभियोग सिफारिस समितिमा रहने सदस्यको नाम पठाएको बताए।

सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाएको महाभियोग प्रक्रिय समिति गठन भएसँगै प्रारम्भ हुनेछ।

उनले सांसदहरुको नाम पठाइए पनि सदन अवरोध भने जारी रहने बताए।

‘बैठकमा विरोध जारी छ, स्थानीय तहको निर्वाचन सार्ने हो वा के गर्ने हो ? हामी हेर्दैछौँ तर निर्वाचनमा जान भने डराउँदैनौँ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell