वीरगंज : नेपाली काँग्रेस सप्तरीको नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा धाँधली भएपछि स्थगित गरिएको छ। धाँधली भएपछि अगामी मंगलवार पुनः मतदानबाट जिल्ला कार्य समिति चयन गर्ने कार्यतालिका सार्वजनिक भएको छ।
रुपनी गाउँपालिका ५ स्थिति गजेन्द्रनारायण सिंह औधोगिक क्षेत्रमा शनिवार मतदान शुरु भएको केही घण्टामा अनियमित गतिविधि देखिएकोले मतदान प्रकृया स्थगित गरी नयाँ कार्यतालिका जारी गरिएको हो। जिल्ला सभापतिमा रामदेव साह र शत्रुधन यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्तासँगै परिणाम आफ्नो पक्षमा पार्न दुबै पक्ष मतदाताको घरदैलोमा दौडिरहेका छन्।
उम्मेदवारहरुले प्रचारलाई तीब्र बनाएका छन्। संस्थापन पक्षबाट यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद, राम प्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी, सतन मण्डल, सह सचिबमा धनश्याम साह र मनोज खड्काको उम्मेदवारी परेको छ। यस्तै डा शेखर कोईराला पक्षबाट साहको प्यानलबाट उपसभापतिमा रामकुमार यादव, ध्रुव नारायण चौधरी, सचिवमा नन्दकिशोर यादव, दुर्गानन्द यादव, सह सचिवमा रामसुन्दर मण्डल, मोहम्मद मुस्लिमको उम्मेदवारी परेको छ।