PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

डेढ करोड हुन्डीको रकमसहित दुई जना पक्राउ



पहिलोपोस्ट

डेढ करोड हुन्डीको रकमसहित दुई जना पक्राउ

काठमाडौँः प्रहरीले हुन्डीको रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले १ करोड ५० लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

महाशाखाको टोलीले ताहाचलबाट अमित अग्रवाल र बिक्की खड्गीलाई नियन्त्रणमा लिएको हो।भारतिय नागरिक अमित काठमाडौंको मख्खनमा बिमला इन्टरनेशनल प्रालि सञ्चालन गरी नक्कली गर-गहनाको होलसेल कारोबार गर्दै आएका थिए।प्रहरीले बिकीको साथबाट ५० लाख रुपैयाँसहित पक्राउ गरेको हो। रकम कालिमाटीस्थित जीवनदृष्टी बहुउद्धेश्यीय सहकारी संस्थाबाट अग्रवालको कोठामा पुर्याउन बिकी हिँडेका थिए। बिकीले दिएको सूचनाको आधारमा अग्रवालको डेरा खानतलासी गर्दा एक करोड ५० लाख रुपैयाँ भेटिएको हो।

बरामद भएको रकम हुन्डीको भएको महाशाखाका एसएसपी वसन्त कुँवरले बताए। घटनाको थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell