PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

फ्रेन्ड्स क्लब खप्तड गोल्डकपको सेमिफाइनलमा



पहिलोपोस्ट

फ्रेन्ड्स क्लब खप्तड गोल्डकपको सेमिफाइनलमा

कैलालीः फ्रेन्ड्स क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा आइतबार क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो।

फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईसले दुई गोल गरे। खेलको ५३औँ मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि खेलको ६२औँ मिनेटमा जमोउलले पेनाल्टीमा गोल गर्दै फ्रेन्ड्सलाई २-० को जित दिलाए। एभेनिरका खेलाडीले लडाएपछि फेन्ड्सले पेनाल्टी पाएको थियो। खेलमा दुई गोल गरेका उनी म्यान अफ द म्याच भए।

अब फ्रेन्ड्सले सेमिफाइनलमा मच्छिन्द्र र वाग्मती युथ क्लबबीचको विजेतासँग खेल्नेछ। सोमबार हुने खेलमा आयोजक सुदूरपश्चिम ११ स्पोर्टस् क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा १० टिमको सहभागिता छ। विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख पाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell