PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु 



पहिलोपोस्ट

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु 

बुटवलः बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत पाल्पाको तानसेन नगरपालिका ८ स्थित भालेबासमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार आइतबार दिउँसो बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ ख ८३५ नम्बरको बसले लु ७७ प २२०२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटर चालक पाल्पाको माथागढी गाउँपालिका २ का २७ वर्षीय ऋषिकेश सारु घाइते भएका थिए। घाइते सारुको उपचारको क्रममा

लुम्बिनी मेडिकल कलेज प्रवासमा मृत्यु भएको प्रहरी निरीक्षक पचभैयाले बताए। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell