PahiloPost

Jun 22, 2024 | ९ असार २०८१

कांग्रेस जिल्ला अधिवेशन : रौतहट र सर्लाहीमा आज मतदान



राधेश्याम पटेल

कांग्रेस जिल्ला अधिवेशन : रौतहट र सर्लाहीमा आज मतदान

वीरगंज : नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत रौतहटमा सोमवार मतदान हुने भएको छ। शनिवार गौरको जुद्ध माध्यमिक विद्यालयमा भइरहेको मतदानमा धाँधली भएको पाइएपछि अधिवेन स्थगित भएको थियो।

विवादपछि जिल्ला तहका नेतासँगको छलफलले सोमवार पुनः मतदान गर्ने कार्यतालिका अघि बढेको हो। रौतहटमा जिल्ला सभापतिका लागि संस्थापन पक्षका सुनिल यादव(जितेन्द्र)को उम्मेदवारी परेको छ भने संस्थापन इतर पक्षका कोइराला गुटका हृदयनारायण यादवको जिल्ला सभापतिमा उम्मेदवारी परेको छ।

सर्लाहीमा नेपाली कांग्रेस जिल्ला कार्य समितिको सभापति र जिल्ला कार्य समितिको पदाधिकारीसहित ९३ पदका लागि भोलि आज मतदान हुँदैछ। जिल्ला सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्रप्रसाद सिंह तथा संस्थापन इतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण रायले उम्मेदवारी दर्ता गराएका छन्। उपसभापतिमा संस्थापन पक्षबाट दुई जना शेख सदहदुल्ला र डा.सरोज कुमारको उम्मेदवारी परेको छ भने संस्थापन इतरबाट नविन अधिकारी र रविनन्दन् चौधरी (पप्पु)को उम्मेदवारी परेको छ। त्यस्तै, सचिवमा संस्थापन पक्षबाट निरज कार्की र मनोज यादव तथा संस्थापन इतरबाट नरेन्द्र भट्टराई र कृष्ण राज रायमाझीको उम्मेदवारी परेको छ।

सर्लाही काँग्रेसमा दुई पक्षबीचको लामो विवादले क्षेत्र नं ४ मा पर्ने बलरा नगरपालिकाको वडा नं ८ गडहीया र वडा नं ९ अचलगढमा काँग्रेसको वडा अधिवेशन नै प्रभावित बनेको थियो। नेपाली कांग्रेस सर्लाहीले आइतवार मतदाता नामावली प्रकाशन गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell