PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

म्यानचेस्टर युनाइटेडमाथि म्यानचेस्टर सिटीको सानदार जित



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडमाथि म्यानचेस्टर सिटीको सानदार जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि सहज जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले युनाइटेडमाथि ४-१ गोलअन्तरको फराकिलो जित निकालेको हो।

सिटीको जितमा केभिन डी ब्रुइन र रियाद महरेजले दोहोरो गोल गर्दा युनाइटेडका जडोन सान्चोले सान्त्वना गोल गरे।

खेलको पाँचौं मिनेटमै बर्नान्डो सिल्भाको पासमा डी ब्रुइनले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। तर, २२ औं मिनेटमा युनाइटेडका सान्चोले पउल पोग्बाको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। २८ औं मिनेटमा फेरि डी ब्रुइनले गोल थप्दा पहिलो हाफमा सिटी क्रिस्टियानो रोनाल्डो, एडिन्सन काभानी, राफेल भराने, लुक शा जस्ता महत्वपूर्ण खेलाडीबिनै उत्रिएको युनाइटेडविरुद्ध २-१ गोलले अघि रह्यो।

दोस्रो हाफमा सिटीले फेरि गोल थप्यो। यसपटक ६८ औं मिनेटमा महरेजले डी ब्रुइनकै पासमा र ९० औं मिनेटमा इल्के गुण्डोगनको पासमा गोल गर्दा सिटीले म्यानचेस्टर डर्बीमा ४-१ गोलअन्तरको सहज जित निकाल्न सफल भयो।

जितसँगै सिटीले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ। सिटीले २८ खेलबाट ६९ अंक जोडेर शीर्षस्थानमा छ भने दोस्रो स्थानमा रहेको लिभरपुलले २७ खेलबाट ६३ अंक जोडेको छ। म्यानचेस्टर युनाइटेड भने २८ खेलबाट ४७ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell