PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

भक्तपुरमा ६० वर्षीया महिलामाथि 'एसिड' प्रहार : श्रीमान पक्राउ, अनुसन्धान गर्दै प्रहरी



पहिलोपोस्ट

भक्तपुरमा ६० वर्षीया महिलामाथि 'एसिड' प्रहार : श्रीमान पक्राउ, अनुसन्धान गर्दै प्रहरी

काठमाडौः गएराति भक्तपुरमा एक महिलामाथि 'एसिड' प्रहार भएको छ। सूर्यविनायक ४ दधिकोट बस्ने ६० वर्षीय पूजा गुभाजुमाथि राति एसिड प्रहार भएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी शिवकुमार श्रेष्ठले बताए।

एसिड प्रहार गरेको अभियोगमा प्रहरीले पूजाका श्रीमान श्याम गुभाजुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

'राति नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं। श्रीमानले एसिड हानेको देखिन्छ,' पूजा एसिड लागी घाइते भएकी छिन्। उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। तर प्रहार गरिएको बस्तु एसिड वा अन्य कुनै केमिसल हो भन्ने खुलेको छैन। केमिसललाई परीक्षणको लागि पठाइएको छ।

उनीहरु बिच राति विवाद हुँदा एसिड प्रहार भएको खुलेको छ। लामो समयदेखि श्रीमानश्रीमतीबिच विवाद रहेको खुल्न आएको एसपी श्रेष्ठले बताए।

'पहिले देखि नै विवाद भएकाले छोराछोरीले पनि छुट्टाछुटै फ्ल्याट लिएर राखेको बुझियो,' एसपी श्रेष्ठले भने।

घटना भएको रात उनीहरु दुई जनामात्र भएको खुलेको छ। शरीरमा अन्य चोटहरु पनि देखिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell