PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु, चारजनाको घरमै र दुई दिने शिशुको भने अस्पतालमा मृत्यु



पहिलोपोस्ट

ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु, चारजनाको घरमै र दुई दिने शिशुको भने अस्पतालमा मृत्यु

काठमाडौंः ललितपुरमा एकै घरमा पाँच जना मृत फेला परेका छन्। ललितपुर कोन्ज्योसोम गाउँपालिका ४ स्थित एक घरमा चार जना मृत फेला परेका थिए। घरमा सुतिरहेको अबस्थामा उनीहरु मृत फेला परेका थिए।

त्यस्तै एक जनाको उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो।

'चार जनाको घटनास्थलमा मृत र एक शिशुको उपचारको क्रममा मृत्यु भएको हो,' महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले भने।

घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell