
काठमाडौं : ललितपुरमा एकै घरका पाँच जना मृत्यु भएको छ। ललितपुरको कोन्ज्यासोम गाउँपालिका ४ नल्लु स्थित एक घरमा चार जना मृत फेला परेका थिए। घरमा सुतिरहेको अवस्थामा दुईजना बालबालिका सहित चारजनाको शव फेला परेको हो।
मृत्यु हुनेहरुमा ५५ वर्षीय काइली स्याङ्ताङ, २२ वर्षीय शुष्मा स्याङ्ताङ, ९ वर्षीय आशिष स्याङताङ ५ वर्षीय आशा स्याङताङ रहेका छन्।
यस्तै, दुई दिने शिशुको भने उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो। २२ वर्षीय सुवास स्याङ्ताङको भने अस्पतालमा उपचार भइरहेको छ।
'चार जनाको घटनास्थलमा मृत र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो,' महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले भने।
घटनास्थलमा प्रहरीले कोइला बलेको जस्तो र बान्ता गरेको जस्तो देखिएको जानकारी दिएको छ। घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ।