PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

माओवादी केन्द्रको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिन गृहकार्य



पहिलोपोस्ट

माओवादी केन्द्रको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिन गृहकार्य

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। शुक्रवारदेखि जारी केन्द्रीय कमिटीको बैठक आइतवारका लागि बोलाइएको भए पनि बस्न नसकेपछि सोमवार सुरु भएको हो।

पदाधिकारी र केन्द्रीय कमिटीको पूर्णता, स्थानीय तह निर्वाचन तथा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका एजेण्डामाथि केन्द्रीय कमिटीमा छलफल भइरहेको छ।

आजको बैठकबाट पदाधिकारी टुंगो लगाउने सम्भावना कम भएको पूर्व स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

शुक्रवारको बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे आफ्नो फरक मत राखेका थिए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित गर्न सहयोग गरेको भन्दै श्रेष्ठपक्षका नेता असन्तुष्ट छन्। उनी पक्षका नेताहरुले एमसीसीबारे नेतृत्वको आलोचना गर्दै आएका छन्। एमसीसी र बैठकमा अन्य विषयमाथि उठेका प्रश्नको जवाफ प्रचण्डले सोमवारको बैठकमा दिने तयारी गरेका छन्।

पार्टीको मुख्य पदहरुका लागि आकांक्षी नेताहरुको संख्या धेरै भएपछि माओवादी केन्द्रले दुई महिनासम्म अध्यक्ष बाहेकको पदमा नेता छान्न सकेको छैन।

माओवादी केन्द्रको पुस १८ गते सकिएको ८ औं महाधिवेशनबाट २४६ जनाको केन्द्रीय कमिटी चयन गरेको थियो। २९९ जना केन्द्रीय सदस्य हुनुपर्नेमा २४६ जनाको नाम मात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको हलमा प्रस्तुत गरेका थिए। पुस १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई दोहोर्‍याउनेबाहेकका पदाधिकारी छान्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell