PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

स्थानीय तहको निर्वाचन अघि माओवादीले पदाधिकारी चयन नगर्ने, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न पनि असफल



पहिलोपोस्ट

स्थानीय तहको निर्वाचन अघि माओवादीले पदाधिकारी चयन नगर्ने, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न पनि असफल

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचन अघि पदाधिकारी चयन नगर्ने भएको छ। समय अभावलाई देखाएर माओवादी केन्द्रले पदाधिकारी चयन गर्न नसकिएको बताएको हो।

नेता वर्षमान पुनले पदाधिकारी चयनका लागि समय लाग्ने र अहिले समय नभएकाले चयन हुन नसकेको जानकारी दिए।

केन्द्रीय कमिटीलाई सोमवार बसेको बैठकले भने पूर्णता दिएको नेताहरुले बताएका छन्। माओवादी केन्द्रका नेता गणेश साहले ९७ जना केन्द्रीय सदस्य थपिएको जानकारी दिएका छन्। 

यता स्थायी कमिटी, पोलिटब्युरो लगायतको पार्टीको संरचना पनि स्थानीय तहको निर्वाचनपछि मात्रै चयन गर्ने माओवादी केन्द्रको तयारी छ।

माओवादी केन्द्रको पुस १८ गते सम्पन्न भएको ८ औं महाधिवेशनले २४६ जना केन्द्रिय सदस्य चयन गरेको थियो। पुस १९ गते बसेको केन्द्रिय कमिटीको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष छान्न बाहेक अरु पदाधिकारी छान्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell