PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

माओवादी केन्द्रले जेठ २० गते अघि एमसीसीबारे छलफल नगर्ने, फरक मत पार्टीको 'सम्पत्ति'



पहिलोपोस्ट

माओवादी केन्द्रले जेठ २० गते अघि एमसीसीबारे छलफल नगर्ने, फरक मत पार्टीको 'सम्पत्ति'

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले २०७९ जेठ २० गते सम्म मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे पार्टीमा छलफल नगर्ने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले जेठ २० गते सम्मका लागि एमसीसीबारे छलफल नगर्ने निर्णय भएको केन्द्रीय कमिटी सदस्य हिमाल शर्माले जानकारी दिए। स्थानीय तहको निर्वाचन बैशाख ३० गतेका लागि तय भएको छ।

नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे केन्द्रीय कमिटीको बैठकमा फरक मत राखेका थिए। उनको फरक मतलाई पार्टीको 'सम्पत्ति' मानेर पछि छलफल गर्नुपर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए।

यस्तै, माओवादी केन्द्रले ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको छ। केन्द्रिय प्रतिनिधिको नाम अहिले बैठकमा वाचन भइरहेको शर्माले बताएका छन्।

उनका अनुसार आजको बैठकले स्थायी कमिटी र पोलिटब्युरो पनि गठन गरेको छैन। हाल माओवादी केन्द्रमा अध्यक्ष बाहेकका पदाधिकारीको पद रिक्त रहेको छ। माओवादी केन्द्रको ८ औं महाधिवेशनले २४६ जना केन्द्रीय सदस्य चयन गरेको थियो भने पुस १९ गतेको केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा प्रचण्डलाई छानेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell