PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

ढाका टोपी लगाउँदै अमिताभ कुन गीतमा नाच्दैछन् ?



पहिलोपोस्ट

ढाका टोपी लगाउँदै अमिताभ कुन गीतमा नाच्दैछन् ?

केही समयअघि बलिउड फिल्म 'उचाई' को नेपालमा छायाङ्कन भएको थियो। उक्त फिल्ममा अमिताभ बच्चनको पनि भूमिका छ। सुटिङका लागि अमिताभ नेपाल आउने भनिएको थियो। तर स्वास्थ्य अवस्थाका कारण उनी आउन सकेनन्। पछि उनको ठाउँमा 'डुप्लिकेट' राखेर सुटिङ गरिएको थियो।

उनै अमिताभले ढाका टोपी लगाको तस्विर अहिले भाइरल भइरहेका छन्। अमिताभले ढाका ढोपी लगाएको फोटो इन्स्टाग्राममार्फत सार्वजनिक गरेका हुन्।

‘केटीको केटीको’ लेखिएको फोटोमा उनी नृत्य गरिरहेका छन्।

यतिखेर फिल्म 'उचाई'को नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्डमा छायाङ्कन भइरहेको छ। अमिताभले 'उचाई' को छायाङ्कन स्थलमा नेपाली ढाकाटोपी लगाएको हुनसक्ने बताइन्छ। तर, उक्त फोटो पछाडिको कथा भने सार्वजनिक हुन बांकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell