PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

चुनावी तालमेल किन गर्ने, माधव नेपालले गरे यस्तो 'ब्रिफिङ'



पहिलोपोस्ट

चुनावी तालमेल किन गर्ने, माधव नेपालले गरे यस्तो 'ब्रिफिङ'
फाइल फोटो।

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले सफलता प्राप्त गर्ने दाबी गरेका छन्।

अरु पार्टीहरुसँग तालमेल गरी चुनावी नतिजा आफ्नो पार्टीको पक्षमा पार्ने नेपालले बताए।

‘चुनावको तयारीलाई फोकस गरेर, केन्द्रबिन्दुमा राखेर त्यसका निम्ति प्रत्येक पालिका–पालिकामा राम्रो तयारीको काममा जुट्दै, कमिटी बनाउँदै, वडा, टोलटोलमा पनि पार्टीको कमिटीहरुको बिस्तार गर्दै चुनाव सम्बन्धी परिचालन कमिटी बनाउँदै जानेछौँ,' उनले भने। काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपालले चुनाव जित‍्‍ने रणनीतिमा लागेको बताएका हुन्।

यस्तै, काठमाडौंमा भएको एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजना सहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell