PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

'जव सेन्टर'को नाममा धन्दा : घरमै बसेर जागिर लगाइदिने भन्दै ठगी गर्ने गिरोह समातियो



पहिलोपोस्ट

'जव सेन्टर'को नाममा धन्दा : घरमै बसेर जागिर लगाइदिने भन्दै ठगी गर्ने गिरोह समातियो

काठमाडौं : तपाईँले कहीँ कतै घरमा नै बसेर जागिर दिने भन्ने सूचना पढ्नु भएको छ? त्यस्तो सूचनाकै भरमा कति त जागिर खोज्दै पुग्‍नु पनि भएको होला। यस्तै जागिरको लोभ देखाएर ठगी हुने गरेको खुलेपछि महानगरीय अपराध महाशाखाको टोलीले 'जब सेन्टर' खोलेर ठगी गर्ने एउटा गिरोह नै पक्राउ गरेको छ।

प्रहरी टोलीले काठमाडौंको कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजु लगायतका स्थानबाट ठगीमा सक्रिय ब्यक्तिहरु पक्राउ गरेको हो। पक्राउ पर्नेमा अर्घाखाँची छत्रदेव गाउँपालिका अमर पाण्डे, तिलकराम पाण्डे, लमजुङ दूधपोखरी गाउँपालिका आनन्द मरहठ्ठा, सिराहाका सिराहा नगरपालिका घर भएका विवेक यादव, ओखलढुङ्गा सिद्धिचरण नगरपालिकाका अश्विन राई, सिन्धुली फिक्कल गाउँपालिकाका घनश्याम पहाडी, रौतहट चन्द्रपुर नगरपालिकाका सृजना लामिछाने, मोरङ विराटनगर ज्ञानु न्यौपाने र रौतहट मौलापुर गाँउपालिका रामवचन कुमार यादव रहेका छन्।

उनीहरुले संचालक गरेको कम्पनीले विभिन्न सुचना जारी गरेर जागिर लगाइदिने भन्दै ठगी गरेको उजुरी प्रहरीमा परेको थियो। सम्पर्कमा आउने व्यक्तिलाई फारम भर्ने लगाइ तीन सयदेखि पाँच सयसम्म फारम शूल्क चार्ज र एक हजारदेखि ६ हजारसम्म जब ग्यारेन्टी शुल्क लिने गरेको खुलेको छ।

फारम भर्ने व्यक्तिलाई विज्ञापनमा उल्लेखित शर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुबिधा नदिई केहि समयमा नै जागिर छोड्न बाध्य बनाउने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell