PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

हिमालयन शेर्पा खप्तड गोल्डकपको अन्तिम चारमा, साबिक विजेता सुदूरपश्चिम ११ पराजित



पहिलोपोस्ट

हिमालयन शेर्पा खप्तड गोल्डकपको अन्तिम चारमा, साबिक विजेता सुदूरपश्चिम ११ पराजित

कैलालीः हिमालयन शेर्पा क्लब पाँचौँ खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आयोजक तथा साबिक विजेता सुदूरपश्चिम ११ स्पोर्टस क्लबलाई २–१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको हो।

हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक एक गोल गरे। यस्तै हिमालयनका विवेक पण्डितले आत्मघाती गोल गरे। खेलको ३४औँ मिनेटमा पिस्टनले गोल गर्दै हिमालयनलाई अग्रता दिलाए। ५५ औँ मिनेटमा सुरेशले गोल गरेपछि हिमालयन २–० ले अग्रता बनायो।

खेलको ६७औँ मिनेटमा विवेकले आत्मघाती गोल गरे पनि हिमालयन २–१ ले विजयी भयो।

प्रतियोगिता अन्तर्गत मंगलबार ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र वाग्मती  युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell