PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

बार नेतृत्वकाका लागि सत्ता गठबन्धन र एमाले निकट कानुन व्यवासायीबीच प्यानलगत प्रतिस्पर्धा,  २५ पदका लागि ८६ जनाको उम्मेद्वारी



पहिलोपोस्ट

बार नेतृत्वकाका लागि सत्ता गठबन्धन र एमाले निकट कानुन व्यवासायीबीच प्यानलगत प्रतिस्पर्धा,  २५ पदका लागि ८६ जनाको उम्मेद्वारी

काठमाडौँः चैत १९ हुने नेपाल बार एशोसिएशनको नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल निकट कानुन व्यवसायीबीच प्यानलगत प्रतिस्पर्धा हुने भएको छ। सोमबार भएको मनोनयनमा दुबै पक्षले प्यानलै उम्मेद्वार दर्ता गराएका छन्। 

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी निकटका कानुन व्यवसायीले बृहत लोकतान्त्रिक प्यानल बनाएर उम्मेद्वार बनाएका छन्। यस्तै, एमाले निकट प्रगतिशील कानुन व्यवसायी संगठनले पनि प्यानल नै घोषणा गरेर चुनावमा होमिएको छ। हालसम्म उक्त समूहले एकल रुपमा उम्मेद्वारी दर्ता गराएको छ। 

बृहत लोकतान्त्रिक समूह वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको नेतृत्वमा चुनावी मैदानमा होमिएको छ। यस्तै वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीको नेतृत्वमा प्रगतिशील समूह चुनावी प्रतिस्पर्धामा छ। 

निर्वाचन समितिका अनुसार अध्यक्षमा आठ जनाको उम्मेद्वारी परेको छ। यस्तै, प्रदेश उपाध्यक्षमा १९ जना, महिला उपाध्यक्षमा ४, महासचिवमा ७, कोषाध्यक्षमा ३ र १४ सदस्यका लागि ४५ जनाको मनोनयन दर्ता भएको छ। 

को को छन् उम्मेद्वार?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell