PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

युक्रेनमा रहेका ५११ नेपाली सीमावर्ती देशमा स्थानान्तरण, सबै सुरक्षित रहेको दूतावासको दाबी



पहिलोपोस्ट

युक्रेनमा रहेका ५११ नेपाली सीमावर्ती देशमा स्थानान्तरण, सबै सुरक्षित रहेको दूतावासको दाबी
Photo : Agnieszka Pikulicka-Wilczewska/Al Jazeera

काठमाडौँः युद्धग्रस्त युक्रेनमा रहेका सबै नेपाली नागरिक सुरक्षित रहेको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ। विज्ञप्ति जारी गर्दै दूतावासले युक्रेनमा रहेका अधिकांश नेपाली सुरक्षित रहेको अन्य स्थानमा स्थानान्तरण भइसकेको पनि जनाएको छ। 

हालसम्म ५११ जना नेपाली सीमावर्ती मुलुकमा स्थानान्तरण भएको दूतावासले जनाएको छ। 

दूतावासका अनुसार पोल्याण्डमा ४०३, स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ६ र माल्दोभामा ४ जनालाई स्थानान्तरण गरिएको दूतावसको विज्ञप्तिमा उल्लेख छ। 

सम्बन्धित मुलुकलाई नेपाली नागरिकलाई सुरक्षित रहन दिन नेपाल सरकारका तर्फबाट आग्रह भइसकेको पनि विज्ञप्तिमा जनाइएको छ। 

उद्दारका लागि बर्लिनस्थित र मस्कोस्थित नेपाली दूतावास परिचालन भइरहेको विज्ञप्तिमा जनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell