PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

एभर्टनमाथि टोटेनहमको फराकिलो जित



पहिलोपोस्ट

एभर्टनमाथि टोटेनहमको फराकिलो जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्स्परले एभर्टनमाथि फराकिलो जित निकालेको छ। घरेलु मैदानमा टोटेनहमले एभर्टनलाई ५-० को फराकिलो अन्तरले हराएको हो।

खेलको १४ औं मिनेटमा मिकेल किनको गोलमा आत्मघाती गोलमा टोटेनहमले अग्रता बनाएको थियो। लगत्तै १७ औं मिनेटमा सन ह्युङ मिनले गोल थप्दा टोटेनहमले अग्रता दोब्बर बनायो। त्यस्तै खेलको ३७ औं मिनेटमा ह्यारी केनले गोल गर्दा पहिलो हाफमै टोटेनहम ३-० ले अघि रह्यो।

दोस्रो हाफको पहिलो मिनेटमै टोटेनहमका सर्जियो रेगुइलोनले गोल थपे। त्यस्तै ५५ औं मिनेटमा केनले ब्यक्तिगत दोस्रो र टिमको पाँचौं गोल गर्दा टोटेनहमले ५-० को सहज जित निकाल्यो।

जितसँगै टोटेनहम २६ खेलबाट ४५ अंक जोडेको टोटेनहम अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ। अर्कोतर्फ पराजयसँगै एभर्टनलाई रेलिगेशनको जोखिम भने बढेको छ। २५ खेलबाट २२ अंक जोडेको एभर्टन १८ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell