PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काठमाडौंको रामकोटमा एकै परिवारका ५ जना बेहोस फेला परेकामा एकको मृत्यु, विष सेवनको आशंका



सविन ढकाल

काठमाडौंको रामकोटमा एकै परिवारका ५ जना बेहोस फेला परेकामा एकको मृत्यु, विष सेवनको आशंका
फाइल फोटो

काठमाडौं : गएराति काठमाडौंको नागार्जुन नगरपालिका-६ डाडाँपौवा रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेकामा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ।

उद्धवराज पुरीको दुईतले घरको दोस्रो तलामा भाडाका बस्दै आएका प्रधान परिवारमा सो घटना भएको हो। उनीहरु काठमाडौं-१५ डल्लु निवासी हुन्।

विष सेवन गरी बेहोस भएको सूचना पाएपछि पाएपछि प्रहरी वृत्त स्वयम्भू तथा महानगरीय अपराध महाशाखाको प्रहरी टोली घटनास्थल पुगेको थियो। तत्काल उनीहरुलाई मनममोहन मेमोरियल अस्पताल स्वयम्भू लगिएकामा उपचार क्रममा ३३ वर्षीय सुर्वणमान प्रधानको राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान, ११ वर्षीया सुप्रिया प्रधानको अचेत अवस्थामा उपचार भइरहेको छ।

विषादी सेवन गर्ने कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। घटनास्थलमा 'सुसाइट नोट'समेत फेला परेको महानगरीय प्रहरी परिसरका एसएसपी सुदीप गिरीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell