PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

भक्तपुरमा परालले छोपिएको अवस्थामा अर्धनग्न महिलाको शव



पहिलोपोस्ट

भक्तपुरमा परालले छोपिएको अवस्थामा अर्धनग्न महिलाको शव

काठमाडौं : भक्तपुरको चाँगुनारायणमा एक महिलाको शव फेला परेको छ। चाँगुनारायण नगरपालिका-७ बागरेमा गएराति करिब ४० वर्षीया महिलाको शव भेटिएको हो।

तरकारी खेती गरिने जग्गामा टिनको कच्ची टहराभित्र अर्धनग्न अवस्थामा रहेको उनको शवलाई परालले छोपिएको थियो। उनको घाँटी र शरीरका अन्य भागमा समेत काटेको भेटिएको महानगरीय प्रहरी कार्यालय भक्तपुरका डीएसपी राजु पाण्डेले बताए। 

शवलाई पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell