PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री एमाले छाडेर कांग्रेस प्रवेश, देउवाले गरे स्वागत



पहिलोपोस्ट

बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री एमाले छाडेर कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

काठमाडौं : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेकपा (एमाले) पार्टी त्यागेका अध्यक्ष क्षेत्री आज कांग्रेसमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेशपछि क्षेत्रीले एमाले सिन्धुपाल्चोकमा जुरेको भन्दा ठूलो पहिरो गएको र यो कांग्रेसले मात्रै सम्हाल्नसक्ने बताए।

‘'बा'को संस्कृति छाडेर 'दाइ'को संस्कृतिमा आएको छु,’ उनले भने।

कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा क्षेत्रीसँगै युवा नेता कृष्ण क्षेत्री, एमाले जिल्ला सदस्य सुभाष सुन्दास पनि कांग्रेस प्रवेश गरेका छन्। उनीहरुलाई सभापति शेरबहादुर देउवाले स्वागत गरेका छन्।

उनले गत फागुन ४ गते एमाले त्यागेको घोषणा गरेका थिए। उनी गत स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका हुन्।

पार्टीभित्र समान्तवादी सोच मौलाउँदै गएको दाबी गर्दै आफूले पार्टी छाडेको उनले बताएका थिए। एमालेको जिल्ला अधिवेशनमा अध्यक्ष पदका दाबेदार रहेका उनले अध्यक्ष छनोट गर्दा आफूसँग छलफल नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell