PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

पश्चिमा राष्ट्रले तेलमाथि प्रतिबन्ध लगाए ग्यास पाइपलाइन बन्द गरिदिने रसियाको चेतावनी



पहिलोपोस्ट

पश्चिमा राष्ट्रले तेलमाथि प्रतिबन्ध लगाए ग्यास पाइपलाइन बन्द गरिदिने रसियाको चेतावनी
Photo : AFP

पश्चिमा राष्ट्रहरुले आफ्नो देशमा उत्पादन हुने तेलमाथि प्रतिबन्ध लगाए जर्मनीमा ग्यास निर्यात गर्न बनाइएको पाइपलाइन बन्द गरिदिने चेतावनी दिएको छ।

रसियाका उपप्रधानमन्त्री एलेक्सजेन्डर नोभोकले रसियाको तेलमाथि प्रतिबन्ध लगाइए त्यसको परिणाम विश्व बजारका लागि राम्रो नहुने बताएका हुन्।

रसियाले युक्रेनमाथि आक्रमण गरे पछि अमेरिका लगायत पश्चिमा राष्ट्रले रसियाको इन्धनको प्रयोगमागि रोक लगाउनुपर्ने माग गरिरहेको छ। तर, जर्मनी र नेदरल्याण्ड्सले भने अमेरिकाको उक्त प्रस्ताव अस्वीकार गरिसकेको छ।

युरोपियन युनियनमा रहेका राष्ट्रहरुमा ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल रसियाबाट आउने गर्छ। यदी उक्त परिणाममा अवरोध भए युरोपियन राष्ट्रसँग इन्धनको अन्य विकल्प छैन।

नोभाकले भने,‘ उनीहरुलाई विकल्प खोज्न वर्षौं लाग्छ। र त्यो युरोपियन युनियनका लागि निके महंगो हुनेछ। अन्तत: त्यसको परिणाम उनीहरुका लागि दु:खद् हुनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell