PahiloPost

Jul 3, 2024 | २० असार २०८१

म लुकेर बसेको छैन, म डराएको छैन : युक्रेनी राष्ट्रपति



पहिलोपोस्ट

म लुकेर बसेको छैन, म डराएको छैन : युक्रेनी राष्ट्रपति
Screenshot/ President of Ukraine

रसियाले युक्रेनमाथि आक्रमण गरेको १३ दिन पुगेको छ। पूर्वी युक्रेनको दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ को मान्यता दिएसँगै रसियाले आक्रमण सुरु गरेको थियो। रसियाली सेना र युक्रेनी सेना र नागरिकबिच अहिले विभिन्न स्थानमा लडाइँ भइरहेको छ।

लाखौंको संख्यामा मानिसहरु युक्रेन छाडेर सीमावर्ती राष्ट्रमा गइरहेका छन्। पलायन हुनेहरु धेरैजसो पोल्यान्ड पुगेका छन्। यस्तै, हंगेरी, माल्डोभा, स्लोभाकिया, रोमानियामा पनि धेरै संख्यामा मानिसहरु शरण लिन पुगेका छन्। युद्धका कारण ४० लाखले युक्रेन छाड्ने सक्ने अनुमान गरिएको छ।

युक्रेनले लामो समयसम्म रसियाली सेनालाई रोकेकोमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रशंसा भइरहेको छ। हाल उनी राजधानी कीभमै छन्।

उनले एक भिडियो सन्देश जारी गर्दै आफू लुकेर नबसेको बताएका छन्। साथै उनले आफू कसैसँग नडराएको समेत बताएका छन्। जेलेनस्कीले रसियासँग लड्न पश्चिमा राष्ट्रहरुसँग हतियारका लागि सहयोग माग्दै आएका छन्। उनले रसियाली राष्ट्रपति भ्लादमीर पुटिनविरुद्ध अन्तिम समयसम्म लड्न बताउँदै आएका छन्।

उनले रसियाली सेनाको पहिलो 'टार्गेट' आफू रहेको र दोस्रो 'टार्गेट' आफ्नो परिवार रहेको बताउँदै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell