PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सौगात र दीया अभिनित फिल्म 'मन्त्र' वैशाख १६ मा प्रदर्शन हुने



पहिलोपोस्ट

सौगात र दीया अभिनित फिल्म 'मन्त्र' वैशाख १६ मा प्रदर्शन हुने

काठमाडौं : सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म 'मन्त्र' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी वैशाख १६ गतेबाट देशभर प्रदर्शन हुने पक्का भएको हो। यसअघि माघ २८ गते फिल्म रिलिज हुने भनिएको थियो। तर कोरोनाको तेस्रो लहरले रिलिज मिति सरेको थियो।

फिल्ममा सौगातका साथै बुद्धि तामाङ, दिया पुन, नमिता घिसिङ्, बिर बहादुर लामा, पासाङ् टि शेर्पा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्म टिमले सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीया पुनलाई राष्ट्रिय झण्डा र पोस्टरसहित बिदाइ समेत गरेको छ। उनी बुधबार आरोहणका लागि सगरमाथा क्षेत्रतर्फ प्रस्थान गर्दैछिन्।

खिलबहादुर गुरुङको निर्देशन रहेको यस फिल्मले हिमाली भेगको प्रेम कथालाई समेटिएको छ। फिल्मको कथा साम्तेन भुटिया, सुनिल नेउरे र परिच्छेद सेनले लेखेका हुन्। रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठको लगानी रहेको फिल्ममा देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell