PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

माधव नेपालको निम्तोमा नेपाल आइपुग्यो फ्रान्सेली संसदको टोली



पहिलोपोस्ट

माधव नेपालको निम्तोमा नेपाल आइपुग्यो फ्रान्सेली संसदको टोली

काठमाडौं : फ्रान्सेली संसदको एक टोली नेपाल आएको छ। फ्रान्सेली संसदको फ्रान्स-नेपाल फ्रेन्डसिप ग्रुपका अध्यक्ष भेरोनिक रायोट्टन नेतृत्वको संसदको टोली नेपाल आएको काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाएको छ।

नेपाल - फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष समेत रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणमा उनीहरु नेपाल आएका हुन्।

टोलीमा उपाध्यक्ष निकोलस फरिसियर र ग्रेजिलिया मेल्सियरसमेत रहेको दूतावासले जनाएको छ। यो टोली शनिवारसम्म नेपालमा रहने छ।

टोलीले नेपालसँगै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्र मन्त्री नारायण खड्का, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनसहित निजि क्षेत्रका प्रतिनिधि र थिंक ट्यांकसँग भेट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ। 

नेपाल भ्रमणमा रहेकी रायोट्टन त्यहाँको राष्ट्रियसभा सदस्य तथा इन्टर-पार्लियामेन्ट्री युनियनकी सदस्य समेत हुन्। त्यस्तै टोलीमा रहेका राष्ट्रिय सभा सदस्य फरिसियर त्यहाँको परराष्ट्र मामिला हेर्ने संसदीय समितिका सदस्य हुन्। त्यस्तै मेल्सियर संसदको आर्थिक मामिला सम्बन्धि समितिकी सदस्य हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell