PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाली फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने



पहिलोपोस्ट

नेपाली फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने
फाइल फोटो

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले मार्च २४ (चैत १०) मा थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो।

त्यस्तै नेपाली टोलीले अर्को मैत्रीपूर्ण खेल त्यहाँको स्थानीय क्लब चोनबुरीसँगै खेल्नेछ। दुबै खेल थाइल्याण्डमा हुनेछन्। थाइल्याण्ड फिफा वरीयतामा १ सय १२ औं स्थानमा छ भने नेपाल १६७ औं स्थानमा छ।

यी खेललाई अगामी एएफसी कप क्वालिफायर्सको तयारीका रुपमा हेरिएको छ। एएफसी एसियन कप २०२३ को छनोटमा नेपाल समूह 'ए' मा परेको छ। आज सम्पन्न ड्र अनुसार नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया समूह 'ए' मा छन्। यो समूहका खेलहरु कुवेतमा हुनेछन्। नेपालले जोर्डनसँग जुन ८ तारिख, कुवेतसँग ११ तारिख र इन्डोनेसियासँग १४ तारिखमा खेल्नेछ। जोर्डन र कुवेतसँग यसअघिको चरणमा पनि नेपालले प्रतिस्पर्धा गरिसकेको छ।

नेपालले पछिल्लो पटक जनवरी २९ र फेब्रुअरी १ मा मरिसससँग मैत्रीपूर्ण खेल खेलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell