.jpg)
काठमाडौं : शहरी विकासमन्त्री रामकुमारी झाक्रीले महिला हिंसा अन्त्यका लागि कानूनको सुधार गर्नुपर्ने बताएकी छिन्। ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले अधिकारको प्रयोग गर्दैगर्दा अर्को पक्ष पीडित बन्ने कुरालाई ध्यान दिदैँ कानूनमा सुधार हुनुपर्ने बताएकी हुन्।
‘अधिकार प्रयोग गर्दै गर्दा अर्को पक्ष पीडित बन्दै गरेका कुराहरुलाई कानूनको सामुहिक बनाउने कुरा, अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्ने कुरा र कानूनमा भएका त्रुटीहरुलाई सुधार गर्ने कुराको प्रतिवद्धता महिलाको आँखाबाट आज हेर्दै गर्दा हामीले यो संकल्प र प्रतिवद्धता गरौँ कानूनको सामुहिक सुधार आवश्यक छ’ झाक्रीले भनिन्।
यस्तै, कतिपय महिला हिंसाका घटनालाई राजनीतिकरण गरेर पीडितले न्याय नपाउने अवस्था आएका उनले बताइन्। त्यस्ता घटनाको विषयमा बहस र पैरवी अदालतमा मात्रै हुनुपर्ने उनको जोड छ।
‘पीडितलाई न्याय दिने भन्दापनि वकालतको कुरा गर्ने र मुद्दाहरुलाई बलजफ्ती राजनीतिकरण गरेर पीडितहरुले न्याय नपाउने कुरा निर्मला पन्तको बलात्कार पछिको हत्या जस्ता विषयहरुलाई विषयान्तर गरेर राजनीतिकरण गर्ने जस्ता विषयहरुले जे अवस्था समाजमा सिर्जना गरेको छ, अब बहस पैरवी अदालतमा हुनुपर्छ,’ मन्त्री झाक्रीले भनिन्, ‘न्यायका कुरा हाम्रा निकायहरुले, हामीले के गरिरहेका छौँ हामीले हेर्नुपर्छ र कानूनको सामुहिक सुधार गर्यौं भने हामी हिँडेको बाटो फराकीलो छ भन्न सक्छौँ।’
उनले संवैधानिक निकायहरुमा बनेका कानूनहरुको प्रभावकारी कार्यान्वयन भएका छन् कि छैनन् भनेर पनि अनुगमन हर्नुपर्ने बताइन्।