PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

'ए मेेरो हजुर ४' को 'सुन्तला' बोलको गीत सार्वजनिक



पहिलोपोस्ट

'ए मेेरो हजुर ४' को 'सुन्तला' बोलको गीत सार्वजनिक

काठमाडौं : 'ए मेरो हजुर ४' को 'सुन्तला' बोलको गीत सार्वजनिक भएको छ। बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो।

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर सुन्न सकिन्छ। लोक लयमा तयार पारिएको गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन्। गीतको भिडियोमा मुख्य कलाकार अनमोल केसी र सुहाना थापा फिचर्ड छन्। साथै सलोन बस्नेतलाई समेत देख्न सकिन्छ।

सुनिलकुमार थापाको निर्माण र झरना थापाको निर्देशन रहेको यो फिल्म आगामी बैशाख १ गते रिलिज हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell