PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

जब ६ महिने छोरी बोकेर ड्रेसिङ रुमबाट निस्किइन् पाकिस्तानी क्रिकेटर बिसमा मरुफ



पहिलोपोस्ट

जब ६ महिने छोरी बोकेर ड्रेसिङ रुमबाट निस्किइन् पाकिस्तानी क्रिकेटर बिसमा मरुफ
Photo : TheRealPCB

पाकिस्तान र भारत बिचको खेल सधै‌ं 'खास' हुने गर्छ। यी दुई देश स्वतन्त्र भएयता सौहार्दपूर्ण सम्बन्ध बन्न सकेको छैन। अझ यी देशलाई जोड्ने कडीका रुपमा क्रिकेटलाई प्रयोग गरिँदै आएको छ।

तर, २०२२ को महिला एक दिवसीय विश्वकपमा एउटा अर्को दृश्यले विश्वको ध्यान तान्यो। क्रिकेटले भन्दा बढी 'वुमनवुड' ले बढी सौहार्दको वातावरण बनाएपछि यो घटना चर्चामा आयो।

पाकिस्तानी टोलीकी कप्तान बिसमा मरुफ प्रतियोगितामा ६ महिनाकी छोरी फातिमा सनालाई लिएर आएकी थिइन्। खेल भारतले १०७ रनले जित्यो तर विश्वको ध्यान तान्यो त्यसपछिको ड्रेसिङरुमको दृश्यले। जितपछि भारतीय टोलीका खेलाडीले पाकिस्तानी खेलाडीलाई भेटेका थिए। खासगरी मरुफ र उनकी छोरी फातिमालाई। उनीहरुले मरुफकी छोरीसँग सेल्फी खिचे, हातमा बोके र फर्किए। यो तस्बिर सामाजिक सञ्जालमा चर्चामा छ।

३० वर्षे मरुफ पाकिस्तानी क्रिकेट बोर्डबाट अनुमति लिँदै ६ महिने छोरी लिएर विश्वकप खेल्न पुगेकी थिइन्। उनी छोरी लिएर न्युजिल्याण्ड पुगेदेखि नै चर्चामा थिइन्।

Photo: ICC/Getty Images

भारतीय क्रिकेटर स्मृति मन्धनाले इन्स्टाग्राममा लेखेकी छिन् - आमा बनेको ६ महिनामा फर्केर अन्तर्राष्ट्रिय क्रिकेट खेल्नु निकै प्रेरणादायी छ। बिसमा मारुफले विश्वभरका खेलकुद महिलाका लागि उदाहरण बनाइरहेकी छिन्। बेबी फातिमालाई भारतबाट धेरै माया। र, मलाई आशा छ कि उनले लेफ्टीहरू विशेष हुने भएकाले बिसमाले जस्तै उनले ब्याट उठाउनेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell