PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

ए डिभिजन लिग विजेता मच्छिन्द्र खप्तड गोल्डकपबाट बाहिरियो, वाग्मती युथ क्लब अन्तिम चारमा



पहिलोपोस्ट

ए डिभिजन लिग विजेता मच्छिन्द्र खप्तड गोल्डकपबाट बाहिरियो, वाग्मती युथ क्लब अन्तिम चारमा

कैलालीः ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबलाई पराजित गर्दै वाग्मती युथ क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेशमा गरेको छ। धनगढी रंगशालामा मंगलबार मछिन्द्रलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै वाग्मती अन्तिम चारमा पुगेको हो। मछिन्द्र लिग च्याम्पियन बन्दा अपराजित थियो।

जारी गोल्डकपमा वाग्मतीले अपत्याशित नतिजा निकाल्दै आएको छ। पहिलो खेलमा वाग्मतीले एनआरटीलाई हराएको थियो। वाग्मतीले अब सेमिफाइनलमा फ्रेन्ड्स क्लबको सामना गर्नेछ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। वाग्मतीलाई अन्तिम चारमा पुराउन अमर श्रेष्ठ, ईमान घलान, अनिल राना मगर र एक विदेशी खेलाडीले गोल गरे। वाग्मतीका दिवश लिम्बुको प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाए। मछिन्द्रका लागि कप्तान रञ्जित धिमाल र विमल घर्तीमगरले गोल गरे। विशाल राई र ओमा डेजको प्रहार गोल पोस्टबाट बाहिरियो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका वाग्मतीका निकोलस फर्नाडेज म्यान अफ द म्याच भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell