काठमाडौँः काठमाडौँको सरस्वती नगरमा एक सिरक डस्ना बनाउने कारखानामा आगलागी भएको छ। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, र अन्य वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
९० प्रतिशत आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ। आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन।