PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

इन्टर मिलानलाई पछि पार्दै लिभरपुल क्वाटरफाइनलमा



पहिलोपोस्ट

इन्टर मिलानलाई पछि पार्दै लिभरपुल क्वाटरफाइनलमा
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा इटालियन क्लब इन्टर मिलानलाई पछि पार्दै इङ्ग्लिस क्लब लिभरपुल क्वाटरफाइनलमा प्रवेश गरेको छ। एनफिल्ड स्टेडियममा गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा लिभरपुलले ०-१ को पराजय ब्यहोरे पनि समग्रमा २-१ को जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको हो। पहिलो लेगको खेलमा लिभरपुलले २-० को जित निकालेको थियो।

गएराति सम्पन्न खेलमा भने १० खेलाडीमा समेटिएको इन्टर मिलानले घरेलु टोलीलाई १-० ले हराएको थियो। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलको ६१ औं मिनेटमा लौटरो मार्टिनेज इन्टरका लागि गोल गरेका थिए। ६३ औं मिनेट एलेक्सिस साञ्चेज रेडकार्ड खाँदै बाहिरिँदा इन्टर १० खेलाडीमा समेटिएको थियो। दोस्रो लेगमा इन्टरको जितका बावजुत समग्रमा भने लिभरपुल अघि रहँदै क्वाटरफाइनलको यात्रा तय गर्‍यो।

यसअघि इन्टरको घरेलु मैदान सन सिरोमा सम्पन्न खेलमा लिभरपुलले मोहम्मद सलाह र रोबर्टो फर्मिन्होको गोलमा २-० को जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell