PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

कीर्तिपुरस्थित त्रिवि परिसरभित्र शव भेटियो, सनाखत हुन सकेन



पहिलोपोस्ट

कीर्तिपुरस्थित त्रिवि परिसरभित्र शव भेटियो, सनाखत हुन सकेन

काठमाडौंः किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरभित्र एक वृद्ध मानिस मृत अवस्थामा फेला परेका छन्।

जङ्गलभित्र रहेको कपुरको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोली अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। शवको सनाखत भने हुन नसकेको प्रहरीले जानकारी दिएको छ।

आज बिहान ७ बजेतिर शव भेटिएको भन्दै फोन आएपछि प्रहरी घटनास्थल पुगेको थियो। शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell