PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

मेयर कप क्रिकेट हेर्न रौतहटको ईशनाथ नगरपालिकाले दियो दुई दिन सार्वजनिक विदा



पहिलोपोस्ट

मेयर कप क्रिकेट हेर्न रौतहटको ईशनाथ नगरपालिकाले दियो दुई दिन सार्वजनिक विदा
Photo : everypixel.com

काठमाडौं : रौतहटको ईशनाथ नगरपालिकाले फागुन २५ र २६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। अन्तरपालिका स्तरीय मेयर कप टी २० प्रतियोगिताको तयारीका लागि दुई दिनको बिदा दिने घोषणा नगरपालिकाले गरेको हो।

'यस ईशनाथ नगरपालिकाबाट हाल संचालनमा रहेको अन्तरपालिका स्तरीय टी २० क्रिकेट प्रतियोगितामा अन्तिम चरणको खेलका कारण नगरपालिका कर्मचारी समेत सहभागी व्यवस्थापन गर्नुपर्ने भएकाले फागुन २५ र २६ गते दुई दिन सार्वजनिक विदा दिइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।' नगरपालिकाको विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell