PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

बेलायती संसदमा युक्रेनी राष्ट्रपतिको सम्बोधन, रसियालाई 'आतंकवादी राज्य' को संज्ञा



पहिलोपोस्ट

बेलायती संसदमा युक्रेनी राष्ट्रपतिको सम्बोधन, रसियालाई 'आतंकवादी राज्य' को संज्ञा
Photo : UK Parliament

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले रसियालाई ‘आतंकवादी राज्य’ घोषणा गर्न माग गरेका छन्। बेलायती संसदमा सम्बोधन गर्दै उनले बेलायतलाई रसियामाथि थप प्रतिबन्ध लगाउन आग्रह पनि गरेका छन्।

‘आतंकवादी राज्य (रसिया) विरुद्ध को प्रतिबन्धहरु थप कडा गरियोस्’ उनले भने।

रसियाले युक्रेनमाथि आक्रमण गरेको आज १४ दिन पुगेको छ। यसबिच पश्चिमा राष्ट्रले रसियामाथि विभिन्न प्रतिबन्धहरु घोषणा गरिरहेका छन्।

पश्चिमा राष्ट्रहरुको समर्थन जुटाउने क्रममा बेलायती संसदमा सम्बोधन गर्दै उनले भने, ‘हामी आत्मसमर्पण गर्दैनौं। हामी पराजित हुँदैनौं। हामी अन्तिमसम्म लड्छौं।’

उनले युक्रेनलाई ‘नो फ्लाइ जोन’ घोषणा गर्न पनि माग गरेका छन्। उनले उक्त घोषणाबाट युक्रेनको आकाश सुरक्षित हुने बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell