PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

'बुलाकी' को फस्टलुक सार्वजनिक



पहिलोपोस्ट

'बुलाकी' को फस्टलुक सार्वजनिक

काठमाडौं : फिल्म 'बुलाकी' को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई देख्न सकिन्छ। जसमा उनलाई कर्णाली भेगकी महिलाको भेषमा देखाइएको छ। यस फिल्मले कर्णाली भेगको जनजीवन तथा संस्कृतिलाई समेटेको छ।

'बुलाकी' लक्ष्मण सुनारको निर्देशनमा टोपेन्द्र बिष्टले निर्माण गरेका हुन्। फिल्ममा सुरक्षाका साथै नरेन्द्र खड्का, विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको छायांकन डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा गरिएको हो। छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा बनेको फिल्मलाई शिव ढकालले खिचेका हुन्।

फिल्मको टिजरका साथै प्रदर्शन मिति चाँडै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell